कुवेतसँगको नेपालको विश्वकप छनोट खेल भुटानमा हुने निश्चित

डिसी नेपाल
२५ कार्तिक २०७६ १३:१४

काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेल अन्तर्गत नेपालले कुवेतविरुद्धको होम खेल भुटानमा खेल्ने निश्चित भएको छ । यसअघि दशरथ रंगशालामा हुने भनिएको खेल अन्तर्राष्ट्रिय मापदण्ड अनुशार रंगशाला निर्माण नभइसकेको भन्दै एएफसीले खेल अर्को ठाउँमा गर्न भनेको थियो ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले विज्ञप्ती निकाल्दै खेल भुटानको चाङ्गलि मिथाङ रंगशालामा हुने बताएको छ । नेपालले नोभेम्बर १९ मा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *