मेस्सी आफ्नो करिअरकै सबैभन्दा उच्च फर्ममा, यस्तो छ अहिलेसम्मको तथ्यांक

डिसी नेपाल
२५ कार्तिक २०७६ १६:४९

काठमाडौं। लियोनेल मेस्सीको तथ्यांकको विषयमा विश्लेषण गर्ने हो भने उनीसँग प्रतिस्पर्धामा आउने खेलाडी निकै कम छन् त्यसैले तथ्यांकको विश्लेषण गर्दा उनलाई उनीसँग नै तुलना गर्नु धेरै उचित देखिन्छ । र, यो सिजनका तथ्यांकले बार्सिलोनाका यी कप्तान आफ्नो करिअरकै सबैभन्दा उत्कृष्ट फर्ममा रहेको देखाउँछन् ।

सेल्टाभिगो विरुद्ध ह्याट्रिक गर्ने क्रममा मेस्सीले मात्रै ५ सटमा तीन गोल गरे । यस सिजन ला लिगा सान्ट्यान्डरमा मेस्सीले प्रत्येक ३.५ सटमा एक गोल गरेका छन् जुन उनको करिअरकै सबैभन्दा उत्कृष्ट अनुपात हो । यसअघि मेस्सीको सबैभन्दा उत्कृष्ट सट र गोलको अनुपात २०१२–१३ सिजनमा थियो । त्यस सिजन मेस्सीले गोलपोस्टमा कूल १६३ सट हान्दा ४६ वटा सटमा गोल गरेका थिए । यो प्रत्येक ३.५४ सटमा एक गोल हो ।

फ्रि किकको विषयमा पनि मेस्सी मास्टर नै हुन् । उनले यस सिजन १० फ्रि किक हानेकोमा ४ सटमा गोल गरेका छन् जसले उनको सफलता दर ४० प्रतिशत देखाउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *