कीर्तिपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

डिसी नेपाल
२८ कार्तिक २०७६ १०:३७

काठमाडौँ । कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ।

अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो।

महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही प्राप्त हुन सकेको छैन। उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *