बेल्जियममा भारतीय दूतावास अगाडि नेपाली सीमा अतिक्रमणको विरोध

डिसी नेपाल
३ मंसिर २०७६ ११:५०

बेल्जियम। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि बेल्जियममा रहेका नेपालीले पनि  सो नक्साप्रति आपत्ति जनाउँदै विरोधमा उत्रेका छन्।

नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भूभागमा समेटेपछि उनीहरूले सोमबार ब्रसेल्सस्थित भारतीय दूतावास अगाडि सीमा अतिक्रमणको विरोध गरेका हुन्।

विरोध प्रदर्शनमा बेल्जियमस्थित नेपाली संघसंस्थाका प्रतिनिधि तथा नेपालीxरुको बाक्लो उपस्थिति रहेको थियो  प्रदर्शनकारीले हातमा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो,’ नेपाललाई गरिने हस्तक्षेप बन्द गर!  जस्ता प्लेकार्ड बोकेका थिए। उनीहरूले दूतावास अगाडि भारतका विरुद्धमा नाराबाजी समेत गरेका थिए।

बेल्जियमका लागि भारतीय राजदूत गायत्री इसार कुमारलाई भेट्ने अनुमति नपाएको र दूतावासका कर्मचारीले पनि बुझ्न अस्वीकार गरेपछि प्रदर्शनकारीले  ज्ञापनपत्र पत्रबक्समा खसाइ दिएका थिए।

त्यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभरमा रहेका एनसीसीहरुलाई भारतीय दूतावासमा गएर विरोध गर्न निर्देशनसमेत गरेको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *