काभ्रेका सवारीको भाडा घट्यो, ७८० लिनेठाउँमा अब ५८० मै पुगिने

डिसी नेपाल
४ मंसिर २०७६ ६:३३

बनेपा । महाभारत गाउँपालिका–१ छोटेसाहनसम्म यातायात सेवा दिँदै आएको गणेश हिमाल तराई यातायात प्रालिले आजदेखि भाडा दर घटाउने सहमति गरेको छ।

बनेपाबाट रोशी गाउँपालिकाको भिमखोरी जुगेपानी हुँदै सिन्धुलीको रामपुर भएर बनखु–घर्तिछाप–गोकुले छोटेसाहन चल्ने गरेको छ।

गाउँपालिका र प्रालिबीच मंगलबार भएको छलफलमा बनेपाबाट महाभारत गाउँपालिका–१ छोटेसाहनसम्मका लागि रु ५८० भाडा कायम गरिएको छ।

गत वर्षदेखि सेवा दिन थालेको सो प्रालिले यसअघि रु ७८० भाडा लिने गरेको थियो ।

भाडा घटाउने विषयमा पटक/पटक स्थानीय बासिन्दाले आवाज उठाएको भए पनि प्रालिले सुनुवाइ गरेको थिएन।

सो विषयमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र प्रालिका निर्देशक आत्माराम थापा र सञ्चालक केशव पौडेलबीच आज भएको छलफलले पहिलाको भन्दा रु २०० कममा सेवा दिने सहमति भएको हो।

गाउँपालिकाको आर्थिक सहयोगमा मोटरबाटोको ट्र्याक खोलेसँगै स्तरोन्नति गरेपछि कात्तिक ६ गतेदेखि काभ्रे बस प्रालिको यात्रुवाहक बसले कटुञ्जे–सिसाखानी, बुढाखानी–फोक्सिङटार हुँदै घर्तिछाप–गोकुलेका लागि बस सेवा दिन थालेको छ।

सो रुट हुँदै गोकुलेको धाप मैनडाँडासम्म दैनिक बस सेवा शुरु भएको छ। सो रुटमा पनि बनेपा–गोकुलेसम्म भाडादर रु ५८० कायम गरिएपछि गणेश हिमाल यातायात प्रालिले पनि भाडादर घटाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *