आर्थिक गतिविधि बढाउन व्यवसायीमाथि अनावश्यक दबाब दिइएको गुनासो

डिसी नेपाल
६ मंसिर २०७६ १८:४७

काठमाडौं। उद्योगीहरुले आर्थिक गतिविधि बढाउने नाउँमा सरकारले निजी क्षेत्रलाईमात्रै दावाव दिएको बताएका छन्। बजेटमार्फत करका दरहरु बढाएको प्रति संकेत गर्दै उद्योगीहरुले सरकारले राजश्व उठाउने लक्ष्य पुरा गर्नका लागि उद्योगीहरुलाई दवाव दिएको गुनासो गरेका हुन्।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघमा कर दिवस एवं कर सप्ताहका अवसरमा गरिएको एक कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बजेट मार्फत कर्मचारीलाई अनिवार्य पानमा जानुपर्ने तथा भिसिटिएस प्रणाली लागु गर्ने नीति लिँदा व्यवसायीहरु तरंगित भएको बताए।

तर पछिल्लो समय उक्त समस्या समाधान भएपनि इज अफ डुइङ बिजनेसमा कर सम्बन्धी व्यवस्थामा सुधार गर्न नसकेको तथा कस्ट आफ डुइङ बिजनेस तर्फ ध्यान नदिएको गुनासो वरिष्ठ उपाध्यक्ष गोल्छाको थियो।

कार्यक्रममा राजश्व सचिव शिशिर कुमार ढुंगानाले राजश्वको लक्ष्य पुरा नहुँदा सरकारलाई समस्या पर्ने र यसले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत प्रभाव पार्ने बताए। सचिव ढुंगानाले आगामी जनवरी १ देखि डिजिटल सिस्टम मार्फत कर भुक्तानी गर्ने व्यवस्था गर्न लागिएको समेत जानकारी दिए।

कार्यक्रममा उद्योगीहरुले सरकारले पछिल्लो समय अवलम्बन गरेको विभिन्न नीतिगत व्यवस्थाका कारण लगानीको वातावरण विग्रने खतरा रहेको भन्दै सचेत गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *