भ्रमण वर्षको संघारमा पर्यटकलाई स्वागत गर्न तयार लुम्बिनी, हेर्नुहोस् १५ तस्वीर

डिसी नेपाल
७ मंसिर २०७६ १०:२१

काठमाडौं। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपाल भ्रमण वर्ष २०२० को संघारमा पर्यटकलाई स्वागत गर्न तत्पर भएर बसेको छ । यो पावन भूमि बौद्धमार्गी मात्र होइन शान्तिप्रेमी स्वदेशी र विदेशी पर्यटकहरुको लागि उत्कृष्ट गन्तव्य बनेको छ । लुम्बिनी बौद्धमार्गीहरुको धार्मिक केन्द्र मात्र नभइ बौद्ध दर्शन अध्ययन र अनुसन्धान गर्नेहरुका लागि पनि महत्वपूर्ण स्थलको रुपमा स्थापित छ ।

शान्त वातावरण, चराचुरुङगीहरुको आवाज, फूलैफूलको बगैंचाका साथै चारैतिर नेपाली तथा विदेशी कला संस्कृति झल्काउने विभिन्न विहार तथा चैत्यहरु एवं चरा अवलोकनका लागि पनि लुम्बिनी आकर्षणको केन्द्र हो । शान्त वातावरणमा रमाउन चाहनेहरुका पर्यटकहरुका लागि यो निकै उपयुक्त स्थल हो । यहाँ वर्षेनी लाखौँको संख्या तीथार्लु, पर्यटक तथा अध्येताहरु आउने गर्दछन् । विश्वभरका बौद्ध धर्मालम्वीहरुका लागि लुम्बिनी महत्वपूर्ण तीर्थस्थल हो । सन् १९९७ देखि लुम्बिनी विश्व सम्पदा सुचीमा सुचीकृत छ ।

सबै तस्वीरः रमण मानन्धर/डिसीनेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *