देउवालाई किन लाग्छ ओलीको ‘राष्ट्रवाद’ प्रति शंका ?

डिसी नेपाल
८ मंसिर २०७६ ८:१२

काठमाडौं। भारतले नयाँ नक्शा जारी गरेपछि सरकारले त्यसलाई सच्याउन कुटनीतिक पहल नगरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको आलोचना गरिरहेको छ।

विशेष गरी कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलको ‘राष्ट्रवाद’ प्रति बारम्बार प्रश्न उठाउने गरेका छन्। भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरलाई समेत समावेश गरेर नयाँ नक्शा जारी गरेपछि प्रधानमन्त्री केपी ओलीले केही समय अगाडि सर्वदलीय बैठकको आयोजना गरेका थिए। उक्त बैठकमा नेपाली भूमि फिर्ता ल्याउन सरकारलाई कुटनीतिक पलह गर्न सबै दलले सुझाव दिएका थिए। बैठकले नेपाली भूति अतिक्रमित भएको निष्कर्षसमेत निकालेको थियो।

नेपाली भूमिसमेत समेटेर भारतले जारी गरेको नयाँ नक्शाप्रति विरोध गर्दै सरकारले भारतलाई औपचारिक पत्र पठाएको सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी ओलीले भारतले जारी गरेको नक्शा सच्याउने मात्र नभइ अतिक्रमित भएको नेपाली भूमि फिर्ता ल्याउन सरकार सक्षम रहेको बताएका थिए।

सरकारले कुटनीतिक माध्यममार्फत भारतले अतिक्रमति गरेको नेपाली भूमि फिर्ता ल्याउने प्रयास गरेको जनाइरहेका बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने प्रधानमन्त्री ओलीको ‘राष्ट्रवाद’ प्रति बारम्बार शंका जनाउँदै आएका छन्।

सरकारले कुटनीतिक माध्यममार्फत भारतले अतिक्रमति गरेको नेपाली भूमि फिर्ता ल्याउने प्रयास गरेको जनाइरहेका बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने प्रधानमन्त्री ओलीको ‘राष्ट्रवाद’ प्रति बारम्बार शंका जनाउँदै आएका छन्।

शनिबार पोखरामा सुरु भएको डेमोक्रेटिक लयर्स एसोसियसनको वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानीमा गएर ‘लम्पसारवाद’ मा परिणत भएको टिप्पणी गरे।

‘ओलीलाई राष्ट्रवादी भनेको हैन ! कहाँ गयो राष्ट्रवाद ?,’ देउवाले भने, ‘कालापानी बुझाएर ओलीको राष्ट्रवाद लम्पसारवादमा गयो । कहाँ राष्ट्रवादी रहृयो !’ प्रधानमन्त्री ओलीले निर्वाचन जित्न राष्ट्रवादको नारा लगाएर जनतामा भ्रम सिर्जना गरेको देउवाको आरोप थियो । उनले प्रधानमन्त्री ओलीले राष्ट्रवादको खोल मात्रै ओढेको टिप्पणीसमेत गरे।

केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दा भारतले आर्थिक नाकाबन्दी लगाएको थियो। त्यो बेला प्रधानमन्त्रीको रुपमा ओलीले भारतीय नाकाबन्दीको चर्को विरोध गर्दै नाकाबन्दी नहटाएसम्म आफूले भारत भ्रमण नगर्ने अडान लिएका थिए। करिव ६ महिना लामो नाकाबन्दी ओलीकै अडानले हटेपछि ओलीलाई राष्ट्रवादी नेताको रुपमा प्रचार गरियो।

त्यही राष्ट्रवादको अडानका कारववण तत्कालीन वाम गठन्धनले पूर्ण बहुमत ल्याएर ओली फेरि प्रधानमन्त्री बन्न सफल भए। तर दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिला जस्तो राष्ट्रयताका मुद्दामा प्रधानमन्त्रीको रुपमा ओलीले अडान लिन नसकेको प्रमुख प्रतिपक्ष दलले आरोप लगाउँदै आएको छ।

देउवाले पोखरामा भारतले जारी गरेको पछिल्लो नक्शा ओलीकै सल्लाहमा ल्याएको आरोप लगाएका थिए।  देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले शाही आयोग बनाउन खोजेको आरोप पनि लगाए । संवैधानिक परिषद्लाई कठपुतली बनाएर सरकारले संवैधानिक आयोगहरूमा कब्जा गर्न खोजिरहेको देउवाको भनाइ थियो ।

‘यो सरकार संवैधानिक परिषद्मा सहमतिको बाटो रोक्न खोज्दैछ । संवैधानिक आयोगहरूलाई कठपुतली बनाएर कब्जा गर्न खोजिरहेको छ,’ सरकारको आलोचना गर्दैै उनले भने, ‘अख्तियारलाई शाही आयोग बनाउन खोजिरहेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *