‘सत्ता स्वार्थ’ ले भाँडियो समाजवादी र राजपाबीचको एकता

डिसी नेपाल
९ मंसिर २०७६ ७:३०

काठमाडौं। दुई पार्टीबीच एकता गर्ने भन्दै औपचारिक र अनौपचारिक रुपमा वार्ता जारी राखेका समाजवादी पार्टी र राजपाबीचको एकता भाँडिएको छ। क्षेत्रीय दलबाट राष्ट्रिय दल बनेको समाजवादी पार्टीले राजपासँग एकता गर्ने प्रस्ताव गरेको थियो।

त्यसका लागि उसले नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता टोलीसमेत गठन गरेको थियो। समाजवादी पार्टीले सुरुमा एकताका लागि भन्दै राजपालाई पत्र पठाएको थियो।

जवाफमा राजपाले पनि आफूहरु एकताका लागि तयार रहेको सन्देश पठाएको थियो। विभिन्न चरणमा औपचारिक अनौपचारिक वार्ता पनि भए। तर अन्तिममा गएर नेतृत्व व्यवस्थापन र ‘सत्ता स्वार्थ’ सँग कुरा नमिलेपछि एकता प्रक्रिया अन्त्य भएको नेताहरुले बताएका छन्।

समाजवादी पार्टीले राजपाले सरकारबाट बाहिरिनु पर्ने विषयलार्य प्रमुख मुद्दा बनाएपछि एकता प्रक्रिया अगाडि बढ्न नसकेको बताएका छन्। समाजवादी पार्टीका नेता डा. शिवजी यादवका अनुसार राजपाले केन्द्र सरकारबाट बाहिरिनु पर्ने र नेतृत्व व्यवस्थापनको विषयलाई मुख्य रुपमा उठाएको थियो।

सरकारबाट बाहिरिनु पर्ने विषयलाई शर्तका रुपमा अगाडि सारेपछि समाजवादी पार्टी सशंकित बनेको छ। नेतृत्व व्यवस्थापनको विषयमा पनि राजपाले अड्चन थापेको समाजवादीले जनाएको छ।

सरकारबाट बाहिरिनु पर्ने विषयलाई शर्तका रुपमा अगाडि सारेपछि समाजवादी पार्टी सशंकित बनेको छ। नेतृत्व व्यवस्थापनको विषयमा पनि राजपाले अड्चन थापेको समाजवादीले जनाएको छ।

नेतृत्व व्यवस्थापनका विषयमा सिनियरका हिसावले राजपाका नेता महन्थ ठाकुरलाई विशेष स्थान दिने तर सबैलाई अध्यक्ष बनाउने नसकिने समाजवादीले जनाएको थियो। राजपाले भने एकता महाधिवेशन नभएसम्म चक्रीय प्रणाली अनुसार पार्टी संचालन गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ। जसलाई समाजवादी पार्टीले अस्वीकार गरेको थियो।

सरकारबाट बाहिरिने शर्तमा पनि समाजवादी पार्टीले पहिला एकता गर्ने र एकीकृत पार्टीले गर्ने निर्णयका आधारमा सरकारमा बस्ने वा बाहिरिने निर्णय गर्ने प्रस्ताव राखेको थियो। तर राजपाले एकताको पूर्व शर्तका रुपमा सरकारबाट बाहिरिने विषयलाई मुद्दा बनाएपछि तत्कालका लागि एकता टरेको समाजवादीले निष्कर्ष निकालेको छ।

‘जो धेरै समयसम्म सरकारमा बस्यो उसैले सरकारबाट बाहिरिनु पर्ने विषयलाई शर्त बनाएपछि उहाँको नियतप्रति हामीलाई शंका लाग्यो,’ समाजवादी पार्टीका एक नेताले डिसी नेपालसँग भने, ‘कतै हामीलाई सरकारबाट बाहिर पठाएर उहाँहरु सरकारका जान त्यस्तो शर्त राख्नु भएको त होइन भन्ने प्रश्न उब्जिएको छ।’

उता राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महताले पनि समाजवादी पार्टीसँग तत्काल एकताको संभावना नरहेको बताएका छन्। आइतबार सिराहामा संचारकर्मीसँग कुरा गर्दै संयोजक महतोले समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले एकताको संभावना नरहेको बताएका थिए।

समाजवादी पार्टी केन्द्र सरकारबाट आफूलाई बाहिर पठाउने र दुई नम्बर प्रदेशमा पनि सरकार परिवर्तनको खेल हुन सक्ने भन्दै सरकारबाट बाहिरिने शर्तमा एकता नगर्ने निष्कर्षमा पुगेको छ। समाजवादी पार्टीले प्राप्त उपब्धिको रक्षा गर्दै संविधान संशोधनमार्फत असन्तुष्ट पक्षका माग पूरा गर्न सरकारमै बसेर दवाव दिने निष्कर्ष निकालेको छ।




प्रतिक्रिया

41 thoughts on “‘सत्ता स्वार्थ’ ले भाँडियो समाजवादी र राजपाबीचको एकता

  1. Super Viagra To Buy Online Amoxicillin For Cats Without Prescription Viagra Pfizer 100mg [url=http://cialibuy.com]cialis 5 mg best price usa[/url] Amoxicillin Severe Diaper Rash Suboxone On Line Pharmacy Acheter Viagra Pharmacie

  2. Buy Levitra Overnight Delivery Livestock Erithromicin Tablets Cialis Prix De Vente [url=http://cialibuy.com]buy generic cialis online[/url] Propecia Without Rx El Cialis Requiere Receta Medica Prednisolone Online

  3. Foros Cialis Sin Receta Cialis Senza Ricetta Farmacia [url=http://cialibuy.com]generic cialis overnight delivery[/url] Silagra Online Bestellen discount accutane Cialis Viagra Espana

Leave a Reply

Your email address will not be published. Required fields are marked *