नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै चीनको ग्वान्जौमा गैरआवासीय नेपालीद्वारा रक्तदान 

डिसी नेपाल
९ मंसिर २०७६ १२:२६

चीन । चीनको  ग्वान्जौ सहरमा एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए चीन र ग्वान्जौस्थित नेपाली महावाणिज्य दूतावासको संयुक्त आयोजना आइतबार रक्तदान शिविर सम्पन्न गरिएको हो ।

उक्त  रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेको  एनआरएनए चीनले जानकारी दिएको छ । जसमध्ये ७६ नेपाली र बाँकी चीनलगायत अन्य मुलुकका नागरिक थिए।

शिविरमा व्यवसायी तथा साउथ चाइना युनिभर्सिटी, ग्वान्जौं नानफाङ युनिभर्सिटी र सनयात्सेन युनिभर्सिटीका विद्यार्थीलगायतले रक्तदान गरेका थिए।

सोही कार्यक्रममा नेपालले आगामी वर्ष मनाउन गइरहेको भ्रमण वर्ष २०२० को पृष्ठभूमि तथा तयारी बारेमा सहभागीहरूलाई जानकारी गराउँदै नेपाल भम्रणको लागि निम्तो गरिएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *