एनआरएनएको भ्रमण वर्ष संयोजकमा भवन भट्ट

डिसी नेपाल
९ मंसिर २०७६ १२:५१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल भ्रमण वर्ष २०२० को लागि संयोजकमा निर्वतमान अध्यक्ष भवन भट्टलाई चयन गरेको छ ।

संघको हालै काठमाण्डौंमा सम्पन्न नयाँ कार्यसमितिको बैठकले भट्टलाई संयोजकको जिम्मेवारी दिएको महासचिव डा. हेम राज शर्माले जानकारी दिए।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि भट्टको संयोजकत्वमा एक समिति गठन गरेको हो।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष लिएको छ । संघले विश्वभर रहेका आफ्ना शाखा मार्फत विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *