उपनिर्वाचन २०७६ः पोखराको विकास मेरो अर्जुन दृष्टि : विद्या

डिसी नेपाल
१० मंसिर २०७६ १५:३८

पाेखरा। कास्की निर्वाचन क्षेत्र नं– २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको विकास आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएकी छन्।

पोखरा महानगरपालिका–२० स्थित विकट मानिने मौजा आँटीघरमा आज आयोजित घरदैलो कार्यक्रम पश्चात आयोजित कोणसभामा उनले पोखराका नयाँ वडाको विकास निर्माण पहिलो प्राथमिकता हुने प्रतिबद्धता व्यक्त गरिन्।

महानगरपालिकाभित्र रहेर पनि गाउँको रुपमा रहेको मौजालाई बाख्राको पकेट क्षेत्र बनाएर स्थानीयवासीलाई आत्मनिर्भर बताउनका लागि आप्mनो पहल गर्ने बताइन्।

र्यालचौर–भलामहुँदै मौजा आँटीघरसम्मको सडक निर्माणलाई पक्की गर्दै प्रत्येक घरमा खानेपानी र विद्युत्को सुविधा पुर्याउने बताउँदै उनले विकास निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिइन्।

मौजालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने दिवंगत नेता रवीन्द्र अधिकारीको सपनालाई पूरा गर्ने सङ्कल्प गर्दै उम्मेदवार विद्याले विकासका लागि योजनाबद्धरुपमा लाग्ने विश्वास जनाइन्। यही मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *