झिलिमिली रंगशाला (फोटोफिचर)

डिसी नेपाल
१० मंसिर २०७६ १८:३२

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को मुख्य खेलहरु हुने दशरथ रंगशाला धमाधम निर्माण भइरहेको छ । कोही सिट जडान गर्नमा व्यस्त छन् भने, कोही रंगशालाको सरसफाई र सजावटमा व्यस्त छन् ।

यहि १५ गतेबाट संचालन हुने सागका लागि रंगशालामा दुबो लगाउने काम समाप्त भइसकेको छ । अहिले दिनरात नभनी रंगशालामा बाँकी रहेका काम सम्पन्न गर्नतर्फ कामदार जुटेका छन् । दश हजार दर्शक क्षमता भएको प्यारापिट निर्माण गर्ने योजनाअनुसार अधिकांश भन्दा बढी सिट जडान गरिसकिएको छ । अब केही सिट मात्रै जडान गर्न बाँकी छ । जुक काम अहिले द्रुत गतिमा भइरहेको छ ।

राष्ट्रपति भण्डारीले खेलको उद्घाटन गर्नेछन् । अहिले उद्घाटनमा देखाइने विभिन्न प्रस्तुतीको रंगशालामा अभ्यास भइरहेको छ । भने खेलाडिहरु पनि खेलको अभ्यासमा जुटेका छन् । खेल यहि १५ गतेदेखि २५ गतेसम्म संचालन हुनेछ । खेलहरु काठमाडौं र पोखरासँगै देशका विभिन्न भागमा संचालन हुनेछ ।

दशरथ रंगशालाका केही तस्वीर डिसी नेपालले आफ्नो क्यामेरामा उतार्ने प्रयास गरेको छ ।

हेर्नुस् तस्वीर :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *