४८ तस्वीरमा हेर्नुहोस् बंगलादेशमाथि नेपालको शानदार जित

डिसी नेपाल
११ मंसिर २०७६ १९:०२

काठमाडौं। बुधबार शुरु भएको १३ औं दक्षिण एशियाली खेलुकद (साग) मा नेपालले जितका साथ प्रतियोगिता शुरुआत गरेको छ। बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले महिला भलिबलमा बंगलादेशमाथि शानदार जित निकालेको हो।

दशरथ रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा नेपाली महिला खेलाडीले बंगलादेशलाई सोझो सेटमै पाखा लगाए। पहिलो सेटमा २५-९ को नतिजा निकालेको नेपालले दोस्रो सेटमा २५-९ को जित हात पार्यो। तेस्रो सेटमा केही सुधारिएको प्रदर्शन गरेको बंगलादेशले ९ को स्कोरपछि राम्रो गर्न सकेन। तेस्रो सेट नेपालले २५-११ मा जित्यो।

नेपाल र बंगलादेशबिचको महिला भलिबल खेल तस्वीरमा

तस्वीरः रमण मानन्धर/डिसी नेपाल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *