नेपाली सीमामा भारतीय दादागिरीको विरोधमा संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउँदै एनआरएनए

डिसी नेपाल
१९ मंसिर २०७६ १२:५४

न्यूयोर्क । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सो नक्साप्रति आपत्ति जनाउँदै न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा गइ ध्यानाकर्षण गराउने भएको छ।

नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समेटेको विषयलाई लिएर संघले संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरिरहेको एनआरएनएका उपाध्यक्ष सोनाम लामाले जानकारी दिए।

उनकाअनुसार गैर आवासीय नेपाली संघ अमेरिका, न्यूयोर्क च्याप्टरसहित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र बुझाउने तयारी भइरहेको छ ।  राष्ट्रसंघमा ज्ञापनपत्र बुझाउनको लागि संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघमा नजिकको सम्बन्ध कायम गर्न सफल विष्णु परियारलगायतले समय मिलाउन आवश्यक तयारी गरिरहेका छन् ।

यसअघि एनआरएनएले नेपालको सीमामाथि भारतीय हस्तक्षेप सह्य नभएको भन्दै विश्वभरि रहेका एनसीसीहरुलाई भारतीय दूतावासमा गएर बिरोध गर्न निर्देशन गरेको थियो । सोही निर्देशनअनुसार विश्वभरमा रहेका गैरआवासीय नेपालीहरूले सीमा अतिक्रमणको विरोधमा भारतीय दूतावासमा धर्ना, विरोध प्रदर्शनका साथै ज्ञापनपत्र पनि बुझाउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *