एनआरएनए मकाउ र विप्स ल एसोसिएट्सबीच द्विपक्षीय सम्झौता

डिसी नेपाल
२३ मंसिर २०७६ ७:३४

काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मकाउ (एनआरएनए) मकाउ र विप्स ल एसोसिएट्स प्रा. लि. काठमाडौंबीच निःशुल्क कानुनी परामर्श प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ।

रोजगारीको सिलसिलामा मकाउ गएका नेपालीलाई नेपालमा आइपर्ने कानुनी समस्याको समाधान र नेपालमा लगानी तथा व्यवसाय सञ्चालनका विषयमा कम्पनीले कानुनी परामर्श प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ।

एनआरएनए मकाउका अध्यक्ष पूर्ण बहादुर गुरुङ र विप्स ल एसोसिएट्सका तर्फबाट सञ्चालक सन्तोष तिवारीले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् । अब नेपालमा लगानीका गर्न चाहने लगानीकर्ताले समेत कम्पनीसँग कानुनी परामर्श लिन सक्नेछन्।

एनआरएनए मकाउको सिफारिसमा मकाउवासी नेपालीले टेलिफोन र इमेलबाटै कानुनी परामर्श लिन सक्ने विप्स ल का सञ्चालक सन्तोष तिवारीले बताए। साथै, विप्स ल एसोसिएट्सले कानुनी परामर्शका लागि एउटा छुट्टै डेस्कको व्यवस्थापन गर्ने समेत सम्झौतामा उल्लेख छ।

रोजगारीका लागि मकाउ रहेका नेपालीलाई नेपालमा लगानी गर्न र हरेक समस्यामा कानुनी परामर्शका लागि विप्स ल एसोसिएट्ससँगको सम्झौताले ठुलो राहात हुने एनआरएनए मकाउका अध्यक्ष गुरुङले डिसी नेपाललाई बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *