आहा ! हिउँले सेताम्मै (फोटोफिचर)

डिसी नेपाल
२७ मंसिर २०७६ १८:००

काठमाडौं। शुक्रबार देशभर हिउँदे वर्षासँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। काठमाडौंकै चन्द्रगिरीमा हिमपात भएको छ। कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुमा हिमपात भएको छ। उता सुदूर पश्चिम पश्चिमका हिमाली तथा पहाडी जिल्लामा हिमपात भएको छ।

पूर्वका ताप्लेजुङलगायतका जिल्लामा पनि हिमपात भएको छ। शुक्रबार हिमपातपछि सामाजिक सञ्जाल र राष्ट्रिय समाचार समितिले पठाएका केही मनमोहक तस्वीरहः

जाजरकोटको कुशे गाउँपालिकामा भारी हिमपात भएपछि प्रशासकीय केन्द्र भार्मामा सेवाग्रही नआउँदा सुनसान हुँदै गाउँपालिकाको कार्यालय । तस्वीर : हेमन्त केसी/रासस
बाजुराको बडीमालिका नगरपालिका–३ रजालीमा शुक्रबार दिउँसो परेको हिमपात । हिमपातका कारण जिल्लामा अत्याधिक चिसो बढेको छ । तस्वीर : प्रेमबहादुर रौले/रासस
बाजुराको बडीमालिका नगरपालिका–८ डुँग्रीमा शुक्रबार दिउँसो परेको हिमपातको दृश्य । तस्वीर : प्रेमबहादुर रौल/रासस
बिहानैदेखि सुरु भएको भारी हिमपातपछि डोल्पाको ठूलिभेरी नगरपालिकाअन्तर्गत पर्ने लक्ष्मी माध्यामिक विद्यालय थरगाउँ । विद्यालयमै बाग्लो हिँउ जमेर अत्याधिक चिसो बढेपछि यस विद्यालयलगायत नगरपालिका भित्र पर्ने पाँचवटा आधारभूत र माध्यामिक विद्यालयको नेपाली बिषयको बार्षिक परीक्षा स्थगित भएको छ । तस्वीर : रामचन्द्र न्यौपाने/रासस

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *