एनआरएनए एनसीसी अमेरिकाले पायो पूर्णता

डिसी नेपाल
१ पुष २०७६ १८:०८

वासिंटन डिसी । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्  (एनआरएनए/एनसीसी) अमेरिकाले पूर्णता पाएको छ ।

अध्यक्ष सुनीलकुमार साहले परिषद्को विधानअनुसार नियुक्त गर्न बाँकी ४ सदस्य नियुक्त गरेसँगै  एनसीसी अमेरिकाले पूर्णता पाएको एनआरएनए अमेरिकाका प्रवक्ता ओम भट्टराईले जानकारी दिए ।

मनोनित हुने ४ सदस्यहरूमा उत्तरपूर्व क्षेत्रबाट संजीव श्रेष्ठ, दक्षिण क्षेत्रबाट विकास उप्रेती, मध्यपश्चिम क्षेत्रबाट गोविन्द श्रेष्ठ र पश्चिम क्षेत्रबाट रोशन अधिकारी रहेका छन् ।

अध्यक्ष साहले उनीहरूलाई अमेरिका क्षेत्रीय संयोजक र उपसंयोजकको सिफारिसअनुसार मनोनित गरेका हुन् ।

नियुक्त भएका चारै जना अमेरिका क्षेत्रीय संयोजकहरुलाई गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद अमेरिकाले  बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि कामना गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *