त्रिविको ४५ औं दीक्षान्त समारोहबाट १० हजार विद्यार्थी दीक्षित (फोटो फिचर)

डिसी नेपाल
४ पुष २०७६ ९:०३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन्।

शिक्षामन्त्री गिरिराजमणी पोखरेलद्वारा समाजशास्त्रमा विद्यावारिधी गरेका काँग्रेसका नेता चन्द्र भण्डारीलाई प्रमाणपत्र वितरण गर्दै । 

पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन्। यसैगरी मानविकी संकायतर्फ २ हजार ९१, ईञ्जीनियरिङ्गमा १ हजार १८६, विज्ञानतर्फ १ हजार ९८ र चिकित्सा तर्फ ८६४ जना विद्यार्थीहरु दीक्षित भएका छन्।

त्रिभुुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहमा उपस्थित त्रिविका सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेल, उपकुपति धर्मकान्त बास्तोलालगायत । 

त्यसैगरी कानुनमा १८०, वन विज्ञानमा ३३, कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, जना स्नातकोत्तर र स्नातक तह उत्तिर्ण विद्यार्थी दीक्षित भएका हुन्। यस्तै विद्यावारिधि (पीएचडी) मा ८५ र एमफीलमा ४० जना दीक्षित भएका छन्। त्रिविले विभिन्न संकायमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पदक समेत प्रदान गरेको छ।

 ४५औं दीक्षान्त समारोहमा उपस्थित छात्राहरु बाटोमा मोबाइलमा तस्वीर हेरेर मेकअप गर्दै ।

समारोहमा सहभागि सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई समृद्धिको एउटा पूर्वाधारका रुपमा अगाडि बढाउन पहल भएरहेको बताए। समारोहमा बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्रा.डा. मोहम्मद अख्तरुज्जमानको पनि सहभागिता रहेको थियो।

त्रिभुुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहमा उपस्थित छात्राहरु बाटोमा तस्बिर खिच्दै । 
त्रिभुुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहमा उपस्थित छात्राहरु बाटोमा तस्बिर खिच्दै । 

यो वर्ष दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १८३ विद्यार्थीले मात्र फाराम भरेका थिए।

 ४५ औं दीक्षान्त समारोहमा उपस्थित एक छात्रा ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *