विश्वभर छरिएका नेपाली समुदायसँग एनआरएनएले फेसबुकमा प्रत्यक्ष संवाद गर्ने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्वभर छरिए रहेका नेपाली समुदायसँग प्रत्यक्ष संवादको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
एनआरएनएलाई उत्तरदायी, पारदर्शी र जवाफदेही बनाउने सो कार्यक्रम सञ्चालन गरिन लागिएको हो। संघका हरेक गतिविधीलाई विश्वभर छरिएका रहेका नेपालीमाझ पुर्याउने उदेश्य अनुसार प्रत्यक्ष संवाद गरिन लागिएको महासचिव डा. शर्माले बताए।
परिक्षणका रुपमा सञ्चालन गरिने पहिलो संवाद ‘गैरआवासीय नेपाली संघसँग सिधा संवाद’ औपचारिक सुरुआत हुने छ। आगामी शनिबार दिउँसो, नेपाली समय अनुसार ठीक दिउँसो ३.१५ बजे संघको आधिकारीक फेसबुक पेज https://www.facebook.com/NRNAOfficial/ बाट शुरु हुने सो संवादमा संघका महासचिव डा. शर्माले विश्वभर छरिएका नेपालीहरुसँग प्रत्यक्ष कुराकानी गरेर जिज्ञासा मेटाउनेछन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment