सरकारबाट राज्यकोषको चरम दोहन : कांग्रेस नेता पौडेल
बनेपा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा नेतृत्वको वर्तमान सरकारले राज्यकोषको चरम दोहन गरिरहेको आरोप लगाएका छन्।
नेपाली कांग्रेस काभ्रेले वनेपामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सरकारी सम्पत्ति आफ्ना कार्यकर्ताहरुबीच बाँडेकोमा सरकारको कडा आलोचना गरेका हुन् ।
बालुवाटर तथा गोकर्ण जग्गा प्रकरणबाट वर्तमान सरकारले राज्यकोषमा लुटतन्त्र मच्चाएको पुष्टि भइसकेको पौडेलले बताए।
“कम्युनिष्टहरुको बाहुल्यता रहेको सरकार कम्युनिष्ट सिद्धान्तको ठीप विपरित हिड्ँदा विश्व मानचित्रमा नै नेपालको इज्जतमा धब्बा लागेको छ” पौडेलले भने ।
देश र जनताको पक्षमा अहिलेको सरकारले धेरै काम गर्न सक्ने अवस्था रहेपनि केही गर्न नसकेको पौडेलको भनाइ थियो ।
पौडेलले पछिल्लो समय मुलुकमा भष्ट्राचार, कुशासन, अनियमितता, असुरक्षा, महंगी सबै बढ्दा पनि सरकार केवल मूकदर्शक प्रमाणित भएको धारणा राखे ।

नेपाली कांग्रेसले अब सदनमा भ्रष्टाचारको मुद्दा शशक्त ढंगले उठाउनुपर्ने भन्दै पौडेलले निष्पक्ष छानबिन गरी दोषीलाई दण्डित गर्ने प्रत्याभूति नभए सम्म सदन सुचारु गर्न दिन नहुने तर्क गरे ।
सोही अवसरमा नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका १ सय ५० जनालाई पौडेलले स्वागत गरेका थिए।
सभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरु शिव हुमाँगाइ, मधु आचार्य लगायतले नेपाली कांग्रेस बाहेक अरु कसैले लोकतन्त्रको रक्षा गर्न नसक्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment