एनआरएन अमेरिकाको मिडिया विभाग गठन

डिसी नेपाल
७ पुष २०७६ १९:००

वासिंगटन डिसी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको ६ सदस्यीय ‘मिडिया तथा पब्लिकेसन बिभाग’ गठन भएको छ । प्रवक्ता ओम भट्टराईको संयोजनमा संचारकर्मी सन्दिप चौधरी, किशन रेग्मी, सरस्वति शर्मा, राजन छेत्री , महेश खड्का र बसन्त घिमिरे सहितको एनआरएनए अमेरिकाको ७ सदस्सिय मिडिया तथा पब्लिकेसन बिभाग गठन भएको हो ।

एनआरएनए अमेरिकाको बिधानमा रही गठन गरिएको मिडिया तथा पब्लिकेसन बिभागमा सन्दिप चौधरी – उप-संयोजक (क्यालिफोर्निया), किशन रेग्मी – उप-संयोजक (टेक्सास), सरस्वति शर्मा – उप-संयोजक (विन्कंसन) महेश खड्का (उप-संयोजक – न्यु योर्क), राजन छेत्री (उप-संयोजक) र बसन्त घिमिरे (सदस्य सचिव – मेरिल्याण्ड) रहेका छन् ।

यस बिषयमा एनआरएनए अमेरिकाले डिसेम्बर २२ माँ विज्ञप्तिजारी गर्दै नव नियुक्त संचारकर्मीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *