अमेरिकाको सेन्ट लुइस मिजौरीमा नारायण गोपाल स्मृति साझ कार्यक्रम सम्पन्न

डिसी नेपाल
८ पुष २०७६ ८:२१

सेन्ट लुइस मिजौरी । अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा डिसेम्बर २१ तारिखका दिन स्वरसम्राट् नारायण गोपालको ३०औ स्मृति दिवसको अवसरमा “नारायण गोपाल स्मृति कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता साथै सञ्चालन मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले गरेकी थिइन् ।

कार्यक्रममा स्वर सम्राट् नारायण गोपालको तस्बिरमा माल्यापर्ण र दीप प्रजवलन गरी औपचारिक रूपमा सुरुवात गरिएको थियो । कार्यक्रममा पहिलो गीत “म मरे पनि मलाई मेरो देशको माया छ भन्ने” देशभक्ति गीत उपस्थित सबै सहभागीहरूले सामुहीक रूपमा उत्साहित भई गायन-बजाना साथ प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा स्वर सम्राट् नारायण गोपाल सम्बन्धी विशेष चर्चा-परिचर्चा सहित वहाँको जीवनी मिजौरी च्याप्टरका सलाहकार कवीबलराम पन्थीले बर्णन गर्नुकोसाथै उनले गाएका दर्जनौँ गीतहरू (एकल र सामुहीक दुवै) उपस्थित सहभागीहरूले गाउनुका साथैमादल, गितार अनि हार्मोनियम जस्ता बाजाहरू पनि बजाएर कार्यक्रम निकै रोचक बनाएका थिए ।

“नेपाली भाषाको जगेर्ना र नेपाली पहिचान बचाउने” उदेस्यले सञ्चालित यस्ता कार्यक्रमहरू अनेसास मिजौरी च्याप्टरबाट निरन्तरकोशी़श जारी हुने समेत कुराको सबैमा सहर्ष जानकारी गराउँदै उपस्थित सहभागीहरूलाई मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले धन्यवाद ज्ञापन गरेकी थिइन् । ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *