यस्ता छन् एनआरएनए साउदी अरबका दीर्घकालीन लक्ष्य 

डिसी नेपाल
८ पुष २०७६ ११:०१

साउदी अरब । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन/एनसीसी) साउदी अरबको २०डिसेम्बरमा अध्यक्ष तेज बहादुर थापाको अध्यक्षतामा बसेको तेस्रो पूर्ण बैठकले २०१९–०२१ कार्यकालको अवधी भर गरिने  कार्ययोजनाको खाका तयार पारेको छ।

बैठकमा राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, र्आसीसी मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल (जोन), आईसीसी सदस्य यास्मिन बेगम, आईसीसी मानार्थ सदस्य रमेश भण्डारी, एनसिसी साउदीका प्रमुख सल्लाहकार डम्मर यादव,  संस्थापक तथा भूतवपूर्व मध्यपूर्व सह संयोजक राजु सैयद, संस्थापक तथा संरक्षक बिरेन्द्र कुमार चौधरी लगायत स्थानीय समितिका सदस्यहरुसहितको विशेष भेलाले बिभिन्न प्रस्ताव तथा निर्णयहरू पारित गर्दै वार्षिक कार्यतालिका साथ बिभिन्न समिति तथा उपसमिति निर्माण गरी जिम्मेवारी बाँडफाँड गर्दै संघले आफ्नो गतिविधिलाई तीब्र बनाएको हो।

नेपाल पर्यटन प्रवर्द्घन समिती– नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी साउदी अरबमा रहेको नेपाली दूतावास र महावाणिज्य दुतावास तथा बिभिन्न सरोकारवालाहरूसँग समन्वय गरी पर्यटनलाई विकास र प्रवर्द्घन गर्न यो समिति गठन भएको छ। संघका केन्द्रिय उपाध्यक्षको संयोजकत्वमा राजकुमार श्रेष्ठ, शुक्र मोक्तान, राजकुमार गिरी, राम बहादुर क्षेत्री र अर्जुन थापा रहेका छन

परोपकारी मेघा परियोजना समिति– संघका केन्द्रिय उपाध्यक्ष विशाल कुमार श्रेष्ठको संयोजकत्वमा रबिना अर्याल र रमजानदिन मियां सहितको समिति गठन भएको छ। उक्त समितिले नेपालका दुर्गमा जिल्लामा बिभिन्न भौतिक संरचनाहरू निर्माण गर्ने, अती विपन्न बर्गका विद्यालयमा आधारभुत आवश्यकतामा सहयोग गर्ने लगायत अन्य परोपकारी कार्यका साथ अघि बढ्ने लक्ष राखेको छ।

एनसीसी साउदी अरबको सामूहिक लगानीमा नेपालमा परियोजना स्थापना समिति– गैरआवासीय नेपाली संघ साउदीमा आवद्ध सदस्यहरूको सामूहिक लगानीमा नेपालमा उद्योग सञ्चालन गर्नको निम्ती यसै संघका केन्द्रिय कोषाध्यक्ष सन्तोष लुइँटेलको संयोजकत्वमा एनसीसी अध्यक्ष तेज थापा, महासचिव उमेश भट्टराई सहित योगेन्द्र श्रेष्ठ, लाल बहादुर मगर, बिष्णु न्यौपाने, नरेन्द्र कार्की, राम बहादुर क्षेत्री ,सत्य केसी रहेका छन भने परियोजनाको सल्लाहकारको रूपमा मध्यपूर्व सह संयोजक राजेन्द्र (जोन) अर्याल रहेका छन्।

नेपालमा परियोजनाको लागि सम्भावित क्षेत्र तथा वस्तुको अध्ययन गरी कलकारखाना या कृषि भन्ने वषियमा समितिको घनिभुत छलफल पछी परियोजनाको खाका सार्वजनिक गर्ने संयोजकको योजना रहेको छ।

लेवर टास्कफोर्स समिती– साउदी अरबमा अवस्थित नेपाली नियोग तथा सरोकारवालासँग समन्वय गरी बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरब पुगेर बिभिन्न कारणले जेल जीवन बिताइरहेका,अलपत्र परेका,दुर्घटनामा परेका पीडितको न्याय उध्दार गर्नको निम्ती संघका बरिष्ठ उपाध्यक्ष धुर्ब रिजालको संयोजकत्वमा चन्द्रमणी भण्डारी लगायत विभिन्न क्षेत्रिय तथा स्थानीय समितिका अध्यक्षहरुको सदस्यता रहने गरी समितिको निर्माण भएको छ।

साहित्य–कला तथा साँस्कृतिक समिति– विदेशमा रहेर पनि नेपाली कला संस्कृतिको जगेर्ना गरी बिदेशमा पनि नेपालको पहिचान गराउने उधेश्यले उपाध्यक्ष मनोज बरालको संयोजकत्वमा सन्तोष लुइंटेल, बिष्णु न्यौपाने र गणेश खडका सहितको समिति निर्माण गरिएको छ।

यसैगरी चित्र कुमार राइको संयोजकत्वमा खेलकुद समिती, भोला पौडेलको संयोजकत्वमा सदस्यता अद्यावधी तथा संगठन बिस्तार समिति बिष्णु न्यौपानेको संयोजकत्वमा नयां क्षेत्र गठन जस्ता कार्ययोजनाहरु यसै बैठक द्वारा तय गरिएका छन्। बैठकले संघका संस्थापक र बिज्ञहरुलाई समेटेर संरक्षक मन्डलको गठन गर्दै, बिभिन्न समयमा निस्शुल्क स्वास्थ्य परिक्षण, स्वास्थ्य जनचेतना कार्यक्रम गर्दै २०१९–०२१ कार्यकाललाई ऐतिहासिक बनाउने एनसीसी साउदी अरबको लक्ष्य  रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *