२१ तस्बिरमा हेर्नुहोस् काठमाडौँमा क्रिसमसको रौनक

डिसी नेपाल
९ पुष २०७६ १३:०३

काठमाडौँ । इसाई धर्मावलम्बीहरुले बुधबार विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाईरहेका छन् । नेपालमा पनि राजधानी काठमाडौं लगायत देशभर रहेका गिर्जाघर तथा पर्यटकीय बजारहरुमा क्रिसमसको रमझम देखिएको छ।

२००० वर्ष भन्दा पहिले इजरायलको बेथलियमको एउटा गोठमा प्रभु येशु क्रिष्टको जन्म भएको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ मा इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउने गर्छन् ।

इसाई धर्मावलम्बीका फादर टेकराज पौडेलले नेपालमा पनि शान्ति र प्रेमको कामना सहित अन्धविश्वास हटाई नयाँ नेपाल निर्माणका लागि प्राथना गरिएको बताए ।

बुधबार बिहानै देखि चर्चहरुमा प्रार्थना गर्ने र खुसियाली साटासाट गर्ने मानिसहरुको भीड लागेको छ। काठमाडौं उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, जाउलाखेल लायतका स्थानमा क्रिसमस ट्री बनाएर सजाइएको छ। त्यस्तै ठुलाठुला व्यापारीक क्षेत्रमा पनि क्रिसमस ट्री बनाई सजाइएको छ।

त्यस्तै त्रिपुरेश्वररस्थित वल्र्ड ट्रेड सेन्टर भित्र कृतिम हिउँ पारिएको छ । उक्त हिउँमा बालबालिकाहरु झुम्मिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *