रेडियाे नेपाल पुगिन् आशा भाेस्ले (फोटोफिचर)

डिसी नेपाल
१० पुष २०७६ १८:४७

काठमाडौं । भारतीय चर्चित गायिका आशा भोस्लेले आज   रेडियो नेपालकाे स्टुडियाेमा पुगेर आफ्ना गीतहरूकाे रिहर्सल गरेकी छन् ।  साधना कलाकेन्द्रको ३०औं बार्षिक उत्सवको अवसरमा शनिबार सोल्टीमा हुने साँगीतिक कार्यक्रमका लागि  उनी  नेपाल आएकी हुन ।

चर्चित गायीका भोस्लेको ८० बर्षको उम्मेरमा पनि आवाजमा कुनै कमी महशुस हुदैन । भारतमा चर्चित भएकी उनले नेपाली गीत सँगीतमा पनि उत्तिकै कालजयी गीतहरु गाएकी छन् । ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हाल्यो’, ‘मोहनी लाग्ला है’, ‘किन बढ्दै छ ढुकढुकी मुटु’को लगायतका दर्जनौं नेपाली कालजयी गीतहरु नेपाली संगीत प्रेमीहरुका लागि सदाबहार भएर रहेका छन् । भोस्लेले संगीतकार गजमेरको सम्पर्कमा नेपाली गीत गाएकी हुन्। गजमेर थुप्रै नेपाली र हिन्दी फिल्मका चर्चित संगीतकार हुन्।

आज रेडियो नेपालमा गरिएको रिहर्सलमा आशा भोस्लले थुप्रै नेपाली गीतहरुको रिहर्सल गरिन । ‘मोहनी लाग्ला है’ गीतमा नेपालका चर्चित गायक रामकृष्ण ढकालले आशालाई गाउन साथ दिने भएका छन् ।

उनले यही शनिबार काठमाडौंको सोल्टी होटलमा आयोजना हुन लागेको ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोस्ले’ नामक सांगीतिक कार्यक्रममा प्रस्तुती दिनेछिन्।

तस्बीरहरु : रमन मानन्धर/डिसी नेपाल

सबै तस्वीर : रमन मानन्धर/डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *