पुस १५ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा !
पोखरा । गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
बुधबार बसेको प्रदेश सरकारको बैठकले गुरुङ समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा यही पुस १५ गते मङ्गलबार सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भैतिक पूर्वधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।
तमु ल्होसारका अवसरमा गत वर्ष पनि गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो।
सरकारले गुरुङ समुदायको पर्व ल्होसारमा दिंदै आएको राष्ट्रिय विदा कटौती गरेको भन्दै तमु ह्युल छोंज धिंको अगुवाइमा गुरुङ समुदायद्ले केही दिन अघि पोखरा लगायतका स्थानमा प्रदर्शन समेत गरेका थिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment