अमेरिकी मिडिया भन्छ – विश्वव्यापी लगानीकर्ताको मोदीप्रति मोहभंग, ४५ अर्ब डलर लगानी फिर्ता

डिसी नेपाल
१४ पुष २०७६ ९:२५

काठमाडौं। विश्वव्यापी लगानीकर्ताहरुको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति मोहभंग हुन सुरु भएको छ । विगत ६ वर्षको अवधिमा प्रधानमन्त्री मोदीले देशको आर्थिक नीति सहज बनाइदिने आशामा भारतको शेयर बजारमा ४५ अर्ब डलर लगानी गरेका अन्तर्राष्ट्रिय लगानीकताृहरुले अहिले इतिहासकै सबैभन्दा तीव्र गतिमा त्यो लगानी फिर्ता लैजाँदैछन् । ब्लुमबर्गको रिपोर्ट अनुसार उनीहरुले भारतीय बजारमा आफ्नो साढे ४ अर्ब बराबरको शेयर गत जूनदेखि अहिलेसम्मको अवधिमा बेचिसकेका छन् । यो १९९९ पछिको सबैभन्दा ठूलो बहिर्गमन हो ।

‘२०१४ अगाडि मोदीको वरिपरी जुन प्रकारको उत्साह थियो त्यो पूरै हराएको छ’ लण्डनमा रहेको लोम्बार्ड ओडियर इन्भेस्टमेन्ट म्यानेजर्सका मुख्य लगानी रणनीतिकार सलमान अहमदले भने । उनको कम्पनीले मात्रै विदेशमा ५२ अर्ब डलर लगानी गरेको छ । मोदी सरकारको विश्वास गुमेपछि अब लगानीकर्ताहरुले जोखिम उठाउन कठिन छ । २०१३ को सुरुवातमा मोदी प्रधानमन्त्री बन्नुभन्दा अघिदेखि अहिलेसम्म आउँदा भारतको अर्थतन्त्र सबैभन्दा कमजोर स्तरमा झरेको छ ।

दोस्रो त्रैमासिकको ५ प्रतिशत हेडलाइन नम्बरले देखाउँछ कि मन्दी कतिसम्म दर्दनाक भइसकेको छ । कारको बिक्री रेकर्ड गतिमा डुबिरहेको छ । पूँजी लगानी निकै कम भएको छ र बेरोजगारी दर विगत ४५ वर्षको इतिहासमा सबैभन्दा उच्च स्तरमा पुगेको छ । देशको बैंकिङ प्रणाली विश्वकै खराब ऋण अनुपातबाट प्रभावित छ । सोमबार तेलको मूल्यमा अप्रत्याशित वृद्धि उसको लागि झनै ठूलो टाउको दुखाइ हो जसले आफ्नो अधिकांश क्रुड (कच्चा तेल) आयात गर्छ ।

हुन त अर्थव्यवस्था कमजोर हुँदा मोदी चुपचाप बसेका छैनन् तर लगानीकर्ताहरु भने सुधारको लामो सूचीमा काम गर्न मोदी सुस्त भएको बताउँछन् । भाजपाका एक विधायक सुब्रमन्यम स्वामीले केही समयअघि स्पष्ट भनेका थिए कि मोदीसँग अब ६ महिना मात्र बाँकी छ र त्यो अवधिमा उनले गिर्दो आर्थिक अवस्थामा सुधार गर्न सकेनन् भने नागरिकले उनीमाथि प्रश्न उठाउन थाल्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *