पुस २१ गते प्रदेशसभा बोलाउने प्रदेश–३ सरकारको निर्णय
काठमाडौँ । प्रदेश नं– ३ को प्रदेश सरकारले यही पुस २१ गते प्रदेशसभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
प्रदेश प्रमुखलाई बैठक आह्वानका लागि निर्णय गरेर पठाइएको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।
प्रदेशसभाको बैठकमा प्रदेशको राजधानी र नामाकरणको विषय औपचारिक रुपमा प्रवेश गरेर निर्णय भएको उनको भनाइ छ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुङ्गो लगाएसँगै प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment