शिक्षा प्रणालीमा परिवर्तन जरुरी छ : मुख्यमन्त्री पौडेल

डिसी नेपाल
१५ मंसिर २०७६ २१:५४

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वतस्फूर्त सामुदायिक विद्यालयमा जाने वातावरण बनाइनुपर्ने बताएका छन् । मुख्यमन्त्री पौडेलले नेपालको शिक्षा प्रणालीको परिवर्तन गर्न जरुरी रहेको बताए ।

हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले विगतको अव्यवहारिक शिक्षा प्रणालीलाई व्यावहारिक, सीपमूलक र आयआर्जनमूलक बनाउनुुपर्ने बताए। पुरानो शिक्षा प्रणाली व्यावहारिक नभएकै कारण शैक्षिक बेरोजगारी बढ्दो रहेको उनको भनाइ थियो । पौडेलले वर्तमान शिक्षा प्रणाली परिवर्तन गरेर प्राविधिक शिक्षाको प्रणाली विकास गर्नुपर्ने उल्लेख गरे । उनले प्रदेश सरकार बढ्दो शैक्षिक बेरोजगारी नियन्त्रण गरी रोजगारी सिर्जना गर्ने र देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने अभियानमा गम्भीर भएर लागेको बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भुकम्पले ध्वस्त बनाएको विद्यालय विगतको भन्दा मजबुत र सुविधासम्पन्न भएर पुनःनिर्माण हुनुलाई भूकम्पले हामीलाई अवसर प्रदान गरेको रुपमा बुझ्नुपर्ने बताए।

सवा पाँच करोडको लागतमा निर्मित विद्यालय भवन तोकिएको मितिभन्दा पाँच महिना अगाडि सम्पन्न भएको जनाइएको छ । भूकम्पका कारण मकवानपुरका ५ सय १६ विद्यालयमध्ये ४ सय ९ विद्यालयका कक्षा कोठा पूर्णरुपमा क्षति भएका थिए भने क्षति भएका विद्यालय पुनःनिर्माण भई धमाधम हस्तान्तरण भइरहेका छन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *