भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा यी सडक प्रयोग नगर्न ट्राफिक महाशाखाको अनुरोध
काठमाडौँ । आज नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रमलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी धनीलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उद्घाटन समारोहमा ठमेलबाट दिउँसो र्यालीसहितको समूह आउने भएकाले थापाथली, त्रिपुरेश्वर, कालीमाटी, शहीद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन नचलाई वैकल्पिक रुट प्रयोग गरी सहयोग गरिदिन महाशाखाले अनुरोध गरेको छ।
त्यस्तै महाशाखाले सम्पूर्ण आगन्तुक र सर्वसाधारणका लागि काठमाडौँ मल अगाडि टुँडिखेलमा पार्किङ स्थल तोकिएको पनि जनाएको छ।
“नेपाल भम्रण वर्ष २०२०” को समुद्घाटन कार्यक्रम सम्बन्धि महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अनुरोध ।
———————————————————————————————— pic.twitter.com/H3n1ScUgnY
— Metro Traffic (@valleytraffic) January 1, 2020
No ads found for this position

डिसी नेपाल
Facebook Comment