राष्ट्र बैंकको प्रवक्तमा भट्ट

डिसी नेपाल
१७ पुष २०७६ २१:००

काठमाडौं। नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट नियुक्त भएका छन्। बैंकको प्रवक्तासमेत रहुका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला उमेरहदका कारण अवकाश लिने समय आई विदामा बसेपछि गर्भनर चिरञ्जीवी नेपालले बिहीबार भट्टलाई प्रवक्तामा नियुक्त गरेका हुन्।

राष्ट्र बैंककाअनुसार कार्यकारी निर्देशक डा भट्टलाई यही पुस १६ गतेदेखि लागू हुने गरी प्रवक्तामा नियुक्त गरिएको हो। भट्ट बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशकको जिम्मेवारीमा छन्। राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको नियमानकारी निकाय हो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *