बाल्टिमोरका नेपाली बच्चाहरुको शिक्षाबारे बानाको पहल

डिसी नेपाल
१९ पुष २०७६ ११:३८

वासिंगटन डिसी । अमेरिकाको मेरिल्याण्ड क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायका बालवालिकाको शिक्षालाई लिएर बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका(बाना) ले सम्बन्धिक निकायसंग सहकार्यको प्रयास शुरु गरेको छ ।

बाल्टिमोर काउण्टीको सार्वजानिक स्कूल विभागका सुपरिटेण्डेन्ट र उनका प्रतिनिधिसंग जनवरी २ मा यसबारे प्रारम्भिक छलफल गरेको बानका सल्लाहकार डा. कृष्ण ढकालले डिसी नेपाललाई बताए ।

उनका अनुसार, नेपालबाट आउने परिवारका बालबालिका तथा अभिभावकहरुमा शुरुमा भाषाको समस्या देखिने र नेपाली मुलका बालबालिकाका अभिभावकले विद्यालयसंग दोहोरो कुराकानीमा शुरुदेखि नै समस्या भोग्नुपर्ने अवस्था देखिएपछि त्यसको समाधानका लागि छलफल प्रारम्भ गरिएको हो ।

बालबालिकाको शैक्षिक उन्नतिमा विद्यालय र अभिभावक को समन्वय महत्वपूर्ण हुने हुनाले यसबारे पहल गरिएको भन्दै ढकालले नेपाली समुदाय र यहांको स्कूल सिष्टमका अधिकारीहरुको शुक्रबारको छलफल सकारात्मक भएको बताए ।

फेरि अर्को चरणको छलफल गर्ने र नेपाली बालबालिकाको भाषागत, सांस्कृतिक तथा अन्य विषयमा दक्षता बढाउन मिलेर काम गर्नेबारे छलफलले बाटो खोलिदिएको बानाको विश्वास छ ।

बानाका अध्यक्ष सुवोधविलास पन्त भन्छन्,‘ हामीले नेपाली समुदायलाई यहांको शिक्षाका विविध क्षेत्रमा कसरी पहुंच पु-याउने भन्ने विषयमा छलफल केन्द्रीत गरेका छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *