अनेसास कोलोराडो च्याप्टरको नियमित कवि गोष्ठी सम्पन्न

डिसी नेपाल
२१ पुष २०७६ ८:१५

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडोको नियमित कवि गेष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

कोलोराडो च्याप्टरको नियमित रुपमा आयोजना हुने कवि गोष्ठी जनवरी महिनाको कार्यक्रम अनेसास कोलोराडो च्याप्टरको आजीवन सदस्य हरिराज अधिकारी तथा श्रीमती उषा अधिकारीको आतिथ्यमा उनीहरुको निवास कमर्स सिटी, कोलोराडोमा जनवरी ४ शनिबारका दिन सम्पन्न भएको छ।

कार्यक्रममा उपस्थित साहित्यकारहरुले कविता, गजल, गीत, मुक्तक लगायतका रचनाहरु वाचन गरेका थिए ।

उक्त कार्यक्रममा आफ्नो रचना वाचन गर्ने साहित्यकारहरुमा अनेसास बोर्ड अफ ट्रस्टिजका उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष तारा अधिकारी, पूर्व अध्यक्ष आचार्य प्रभा, बर्तमान सल्लाहाकार केशव आचार्य, बर्तमान उपाध्य्क्ष मिना पौडेल, सचिव यशोदा भट्ट, राजु सिटौला, हरिराज अधिकारी, वासुदेव खनाल रहेका थिए ।

यसैगरी च्याप्टरकी महासचिव सम्झना खनाल आचार्य, विजयदेव अधिकारी, हरिभक्त आचार्य, उषा अधिकारी कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रमको संचालन च्याप्टरकी सचिव यशोदा भट्टले गरेकी थिईन् भने अध्यक्ष तारा अधिकारीले कार्यक्रमका सहभागीहरु तथा कार्यक्रम आयोजना गर्ने स्थान उपलब्ध गराउने हरिराज अधिकारी तथा श्रीमती उषा अधिकारीलाई विशेष धन्यवाद दिँदै आफ्नो रचना प्रस्तुत गरेकी थिईन् ।

उक्त अवसरमा रचना वाचन पश्चात अनेसास, कोलोराडो च्याप्टरको भावी कार्यक्रमहरु सम्बन्धमा अनौपचारिक छलफल पनि भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *