नेपाली बालकको मृत्यबारे छानविन जारी : मेयर न्यूयोर्क

डिसी नेपाल
२३ पुष २०७६ १४:०९

 

न्यूयोर्क । विद्यालय जाने क्रममा बाटो काट्दै गर्दा न्यूयोर्कको कोरोना सहर निवासी १० बर्षीय विद्यार्थी श्रीजल पन्थीको गाडीको ठक्करबाट जनवरी ७ तारिक मंगलबार मृत्यु भएको घटनामा न्युयोर्क शहरका मेयरले दुख प्रकट गरेका छन्। मेयर विल ब्लाजियोले स्थानीय मिडियासंग कुरा गर्दै घटनाको अनुसन्धान भइरहेको बताएका छन्।


श्रीजल पन्थीसंगै दुर्घटनामा परी घाइते भएकी उनकी आमा मीना पन्थीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। समाचारअनुसार, स्थानीय फोहोर संकलन गर्ने ट्रकले बाटो काटिरहेका आमा छोरा मीन र श्रीजललाई विहान ७ बजेको आसपासमा ठक्कर दिएको थियो ।

घाइते भएका दुबैजनालाई हतार हतार अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा बालक श्रीजलको मृत्यु भएको हो। मेयर ब्लाजियोले ठक्कर दिने ट्रकका चालकलाई कामबाट निलम्बन गरिसकिएको जानकारी संचार माध्यमहरुलाई दिएका छन्।

न्यूयोर्कको सेनिटरी विभागले पनि यो घटनालाई गम्भीरतापूर्वक लिएको भन्दै घटनाबारे छानविन भइरहेको बताएको छ। नेपालको गुल्मीबाट अमेरिका आएका पुरोषोत्तम पन्थीको परिवारमा परेको यो बज्रपातमा स्थानीय नेपाली समाजका विभिन्न संस्थाहरुले दुख प्रकट गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *