दत्तात्रेय मन्दिरमा भक्तजनहरुको भीड

डिसी नेपाल
२३ पुष २०७६ ११:४२

भक्तपुर। भक्तपुर सहर ऐतिहासिक एवं साँस्कृतिक नगर हो। यस साँस्कृतिक नगरको एक अभिन्न अंगको रुपमा दत्तात्रेय मन्दिर रहेको छ। यो मन्दिरमा स्वदेशी एवं विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र विन्दु बनेको छ। यो मन्दिर भक्तपुरको तचपाल टोलमा अवस्थित छ। ब्रम्हा, विष्णु र महेश्वरएकै स्वरुप त्रिशक्तीको रुपमा पुजिने यसे मन्दिरमा महा शिवरात्री, साउनको सोमबार, पुसको बुधबार र तीजका दिनमा भक्तजनहरुको भीड लाग्ने गर्दछ।

दैनिक नित्य पूजामा गाईको दुधमा चिउरा भिजाई दत्तात्रेय भगवानमा भोग चढाई प्रसाद बाँड्ने गरिन्छ। सो प्रसाद ग्रहण गर्नाले बोली स्पष्ट नभएकाहरुको बोली खुल्ने जनविश्वास छ। दत्तात्रेय भगवानको आराधनामा इच्छा सिद्धि हुने, पारिवारिक सुख प्राप्त हुने, रोगबाट उन्मुक्ति मिल्ने आदि शक्ति रहेको स्थानीय गौतम प्रजापतिले बताए।

प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिर इ.सं.१४२७ मा राजा यक्ष मल्लले बनाउन लगाएका थिए। यसको प्रमुख विशेषता भनेको यो मन्दिर ठूलो एउटै रुखबाट बनेको जनविश्वास रहेको छ।

तस्बीर : रमण मानन्धर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *