१० स्थानीय तह अझै बैक विहिन

डिसी नेपाल
८ माघ २०७६ ११:४९

काठमाडौं । सरकारले सबै स्थानिय तहमा बाणिज्य बैंकको शाखा पुर्याउने घोषणा गरेको एक वर्ष वितिसक्दमा पनि अझै १० स्थानीय तह बैंक विहिन छन्।

हिमाली तथा दुर्गम भेगमा पूर्वाधार अभावको कारण देखाउदै बैंकहरुले शाखा विस्तार गर्न अटेरी गर्दै आएका छन् ।

सरकारले गत आर्थिक वर्षभित्र नै सबै स्थानीय तहहरुमा कम्तीमा एक बाणिज्य बैंकको शाखा पुर्याउने घोषणा गरेको थियो ।

त्यस अनुसार नेपाल राष्ट्र बैंकले स्थानीय तहमा शाखा खोल्न बाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो।

बाणिज्य बैंकहरुले पनि गत आवसम्ममा सबै स्थानीय तहमा शाखा विस्तार गर्न प्रतिवद्धता गरेका थिए।

तर, भौतिक पूर्वाधार, सुरक्षालगायतको कारण देखाउदै दुर्गम स्थानीय तहमा शाखा विस्तार गरेका छैनन्।

नेपाल राष्ट्र बैंकका अनुसार ७५३ स्थानीय तहमध्ये मंसिरसम्ममा ७४३ तहमा मात्र वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।

सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशमा ४ वटा शाखा खोल्न बाँकी रहेको छ भने । यस्तै प्रदेश ५ का सबै १०९ स्थानिय तहमा बैंकले शाखा विस्तार गरिसकेका छन्।

बैंकहरुले शाखा खोल्नका लागि पक्की घर, उच्च गतिको इन्टरनेट, विद्युत, सुरक्षालगायतका पूर्वाधार माग्छन् । यी पूर्वाधारको व्यवस्था नभएका उच्च हिमाली र दुर्गम जिल्लाहरुमा शाखा विस्तार गर्न ढिलाई भएको बताइएको छ।

सरकारी खाता क वर्गका बाणिज्यमा मात्र खोल्न सकिने व्यवस्था गरएको छ ।

शाखा नपुगेका स्थानीय तहहरुले बैंकिङ कारोबारका लागि समस्या भोगिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *