एक महिनापछि खुल्यो मार्तडी कोल्टी सडक

डिसी नेपाल
११ माघ २०७६ ६:५६

बाजुरा । जिल्लाको मार्तडी कोल्टी सडक खण्डअन्तर्गत एक महिना अगाडिदेखि परेको हिउँ पन्छाएर सडक सञ्चालन गरिएको छ।

बडिमालिका नगरपालिकाको सहयोग र वडा –७ को समन्वयमा एक महिनादेखि परेको हिउँ हटाएर बाटो खुलाइएको हो।

अघिल्लो महिनादेखि परेको भारी हिमपात र वर्षाले मार्तडी कोल्टी सडकखण्डअन्तर्गत पर्ने पोरखे लेख र आसपासको क्षेत्रमा हिउँ जमेका कारण सडक अवरुद्ध भएको थियो।

शुक्रबारदेखि अवरुद्ध सडक खुला गरिएको नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए ।

बाजुरामा परेको लगातारको हिमपातका कारण जनजीवन कष्टकर बन्नुका साथै उत्तरी क्षेत्रका चार स्थानीय तहमा दैनिक उपभोग्य सामानको अभाव भएको छ।

वडा नं ७ कार्यालयको समन्वय तथा नगरपालिकाको सहयोगमा डोजर लगाएर हिउँ फालिएको वडाध्यक्ष पाध्यायको भनाइ थियो।

चौथो पटकसम्म परेको हिमपातका कारण मार्तडी कोल्टी सडकखण्ड एक महिना अगाडिदेखि अवरुद्ध भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *