मुख्यमन्त्री राईद्धारा सोनाम ल्होसारको शुभकामना
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोनाम ल्होसार २०७६ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका तामाङ समुदाय लगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन् ।
नेपालका तामाङ जातिमा नयाँ वर्षको आरम्भको खुशियाली स्वरुप विशेष उत्साह र उमंगका साथ मनाइने सोनाम ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, नयाँ बर्षको रुपमा मनाइले ल्होसारले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दे आएको छु।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेका छन्, सन्देशमा भनिएको छ ।
यी चाडपर्वहरुले नयाँ उमंग र उत्साह साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको मुख्यमन्त्री राईले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
मुलुकमा मनाइले यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबद्र्धन गर्नु हामी सबैको दायित्व हो।
यस चाडले नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस्, साथै प्रदेशको विकासमा एकताबद्ध भएर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु मुख्यमन्त्री राईको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment