आज काठमाडौँका यी ठाउँमा दिनभर बत्ती जाने

डिसी नेपाल
१५ माघ २०७६ १०:१२

काठमाडौँ । आज काठमाडौँका विभिन्न ठाउँमा दिनभरी नै बत्ती काटिने भएको छ ।

चक्रपथ विस्तारका लागि बसुन्धारा, श्रीटोल लगायतका क्षेत्रमा महाराजग‌ञ्ज वितरण केन्द्रको बूढानीलकण्ठ फिडरबाट वितरित लाइन काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

आज बिहान साढे ७ बजेदेखि दिउँसो ५ बजेसम्म सो क्षेत्रमा विद्युत सेवा बन्द हुने भएको हो । सो क्षेत्रमा अनिले रुख काट्ने काम भईरहेको छ ।

प्राधिकरणका अनुसार सडक विस्तारको काम सकिए लगत्तै विद्युत सेवा सुचारु हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *