आज काठमाडौँ र ललितपुरका यी ठाउँमा ६ देखि ९ घण्टा लोडसेटिङ

डिसी नेपाल
१८ माघ २०७६ ७:४२

काठमाडौँ । आज काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा दिनभर लाईन काटिने भएको छ ।

चक्रपथ विस्तार क्रममा महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन जोडिएका बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंँगबु चोक, टोखा रोड हुँदै ग्राण्डी अस्पताल लगायतका क्षेत्रहरुमा कम्तिमा ९ घण्टा लाईन काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

चक्रपथ विस्तार कार्यका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएकोले अहिले बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म लाईन काटिने भएको हो ।

यस्तै, ललितपुरका पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरण गरिएका क्षेत्रहरु बल्खु, सानेपा साँचल, सानेपा चोक, प्रधानसेनापति निवास, झम्सीखेल चोक, सीजी कार्यालय क्षेत्रलगायतका ठाउँमा लाईन काटिने भएको छ।

११ केभी लाइनमा सेक्सनलाइजर राख्ने तथा जम्परहरु मर्मत गरेर फिडर सुधार गर्नुपर्ने भएकोले बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म ६ घण्टा लाइन काटिने भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *