टेलिकम वर्कस युनियनद्वारा विरोधका कार्यक्रम घोषणा

डिसी नेपाल
२० माघ २०७६ ११:१३

काठमाडौँ । नेपाल टेलिकममा कार्यरत नेपाल टेलिकम वर्कस युनियनले विभिन्न माग राखेर विरोधका कार्यक्रम घोषणा गरेको छ ।

युनियनले माघ १० गते टेलिकमका प्रवन्ध निर्देशकलाई ध्यानाकर्षण पत्र बुझाएको समय शुक्रबार सकिएको र माग पूरा गराउन दिईएको एक साताको समयसिमामा आफ्ना मागहरु पूरा नभएको भन्दै यूनियनले विरोधका कार्यक्रमहरु शुरु गरेको यूनियनले जनाएको छ ।

आइतबार दिउँसो एक घण्टा धर्ना दिएको यूनियनले आज पनि दिउँसो प्रबन्ध निर्देशकको कार्यकक्ष अगाडी धर्ना दिने कार्यक्रम रहेको यूनियनका महासचिव महेश्वर दाहालद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।

आइतबार टेलिकमका कर्मचारीहरुले राष्ट्र बैँकको प्राइज इन्डेक्स अनुसार महँगी भत्ता बृद्धि गर, आयोजनाहरुको थर्ड पाटी इभ्यालुयशन गर, विज्ञापन गुलाई वत्तिविकासरको सुनिश्चितता गर, पेन्सनबिहीन कर्मचारीका लागि पेन्सन सुविधाको व्यवस्था गर, घट्दो राजश्व दरलाई रोकी यसको वृद्धि गर्नठोस कार्यक्रम ल्याउ, सावधिक जीवन वीमाको सिलिङ वृद्धि गर, ज्यालादारी कर्मचारीहरुको नोकरी अवधी गणना होस् लगायतका नारा लेखिएका प्लेकार्ड सहित धर्ना दिएका छन् ।

यूनियनको विज्ञप्ती




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *