भैरहवाबाट चामल बोकेर पोखरा जाँदै गरेको ट्रक पुलबाट खस्यो

डिसी नेपाल
२० माघ २०७६ ११:४०

मुग्लिन । चामल बोकेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन्।

भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान दुर्घटना परेको थियो।

दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *