नेपाल चिकित्सक संघको २८ औं अधिवेशन, आजपनि मतदान जारी

डिसी नेपाल
२० माघ २०७६ १२:५५

काठमाडौँ । नेपाल चिकित्सक संघको २८ औं कार्यकारिणी समितिका लागि सोमबार पनि मतदान जारी छ।

संघको केन्द्रीय कार्यालय काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनिमार्गमा पाँच दिनका लागि मतदान तय भए अनुसार चौँथो दिन सोमबार पनि मतदान जारी रहेको केन्द्रीय निर्वाचन अधिकृत डा. योभिनकुमार यादवले बताए ।

यादवले दुईचरणमा निर्वाचन गरिएको र पहिलो चरणमा उपत्यका बाहिरका १६ वटै शाखामा आइतबार नै मतदान सम्पन्न भइसकेको बताए ।

पहिलो चरणमा तीन दिन सम्म भएको मतदानमा कुल २ हजार ८ सय ५१ मत खसेको उहाँले जानकारी दिए ।

दोस्रो चरण अन्तर्गत उपत्यकामा भएको मतदानको तेस्रो दिन आइतबारसम्म १ हजार १ सय ६१ मत खसेको उनले बताए। संघको चुनावमा कुल १३ पदका लागि दुई प्यानल मैदानमा उत्रिएका छन्।

लोकतान्त्रिक समूह तर्फ डा. लोचन कार्कीको समूह र प्रगतिशील समूह तर्फ डा. पुष्पमणि खरालको समूह निर्वाचनमा होमिएका छन्। त्यस्तै महासचिवमा २ जना र सदस्यमा २ जना चिकित्सकले स्वतन्त्र उम्मेद्धवारी रहेको यादवले बताए।

चिकित्सक संघमा कुल ९ हजार ९ सय १६ मतदाता रहेका छन् । मतदान सम्पन्न भएपछि मात्र मतगणना शुरु हुने यादवले जानकारी दिनुभयो । मतदान मंगलबार सम्म जारी रहने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *