मैत्रीपूर्ण भलिबल खेलमा प्रदेशसभा सचिवालय विजयी

डिसी नेपाल
२० माघ २०७६ १९:३२

बुटवल । प्रदेश नं ५ को स्थापना दिवसका अवसरमा सोमबार बुटवलमा आयोजना भएको मैत्रीपूर्ण भलिबल खेलमा प्रदेशसभा सचिवालय विजयी भएको छ । ३–२ को सेटमा प्रदेशसभा सचिवालयले प्रदेश सरकारलाई हराएको थियो । भलिबलको पहिलो सेटमा २५– २३ को अन्तरमा प्रदेशसभा सचिवालयले विजयी शुरुआत गरेको खेलको दोस्रो सेटमा २५–१५ को अन्तरमा प्रदेश सरकार विजयी भएको थियो ।

त्यस्तै तेस्रो सेटमा २५–१६ को अन्तरले प्रदेशसभा विजयी भएको सो खेलमा चौथो सेटमा २५–२० को अन्तरले प्रदेश सरकार विजयी भए पनि अन्तिम खेलमा १५–९ को अन्तरमा प्रदेशसभाले विजय हासिल गरेको थियो ।

खेलमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी प्रदेश सरकारको तर्फबाट क्याप्टेन थिए भने प्रदेशसभा सचिवालयबाट सभामुख पूर्णबहादुर घर्ती क्याप्टेन थिए। प्रदेशसभाको तर्फबाट नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठलगायत खेलमा सहभागी भएका थिए । साथै प्रदेश सरकारको तर्फबाट अधिकांश प्रदेश सरकारका कर्मचारी सहभागी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *