बालबालिकाको सहयोगार्थ काठमाडौँमा ‘फेशन शो’ तथा सांस्कृतिक कार्यक्रम

डिसी नेपाल
२१ माघ २०७६ ८:४२

काठमाडौं । क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ काठमाडौँमा फेशन शो तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

रशियन कल्चर कमलपोखरीमा गरिएको उक्त कार्यक्रममा नेपालका श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा समाजसेवी क्षितिज भण्डारी, नेपाल राष्ट्रिय मोडलिङ्ग संघका अध्यक्ष दिनेश शाही, क्यान एजुकेशन फाउण्डेशनका अध्यक्ष सम्झना लामा, छमछमीका निर्णायक महेश गोदार लगायतको उपस्थिती रहेको थियो ।

उक्त फेशन शोमा गायिका तथा मोडल स्मृति पोखरेल र अभिनेत्री दीपाश्री निरौलाको उपस्थिती भएका थिए । कार्यक्रममा छमछमीका फाइनल लिस्टहरु र बालबालिकाले प्रस्तुती दिनुको अलावा अजय तुलाधर लगायतले साँगीतिक प्रस्तुती दिएका थिए ।

९ वर्षीय बाल प्रतिभा आभा तुलाधरले शिक्षाको बारेमा भनाई राखेकी थिइन्।आयोजक क्यान एजुकेशन फाण्डेशनले केक काटेर बालबालिकालाई खूशी बाँडे्का थिए।

क्यानले नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाकाबालबालिकालाई सहयोग गर्दै आएको पनि कार्यक्रममा जनाएको छ। संस्थाले कक्षा १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरेको क्यान एजुकेशन फाउण्डेशनकी अध्यक्ष सम्झना लामाले बताईन्।

कार्यक्रमको मुख्य प्रायोजक डीएसआर मल्टीमिडिया ब्रान्च अफिस अफ अमेरिका र सपोर्ट आरएनआर ग्रुप एलएलसीयुसए रहेका छन् । डीएसआर मल्टीमिडियाको बारेमा सो कंपनीको तर्फबाट बेनिश भण्डारीले डिजिटल प्रमोशनका बारेमा जानकारी दिएका थिए।

काठमाडौंका ट्याक्सीहरुमा चांडै नै डिजिटल मार्केटिङमा जाने तयारी भइरहेको पनि भण्डारीले बताए । क्यानडामा पनि आगामी २८ फ्रेबुरीमामा हुन गैरहेको फेशन–शोमा डीएसआर मल्टीमिडिया र आएनआर ग्रुपले क्यान एजुकेशनको च्यारिटी फेशन–शोलाई सपोर्ट गर्ने भएको रोशन पुरीले डिसी नेपाललाई बताए ।

         




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *