बानेश्वरको एक क्याफेमा नेकपाका नेता मृत फेला, ४ जना पक्राउ

डिसी नेपाल
२३ माघ २०७६ १२:०१

काठमाडौँ । सत्तारुढ दल नेकपाका एक नेताको नयाँ बानेश्वरको डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा शंकास्पद अवस्थामा मृत्यु भएको छ।

काभ्रेको बनेपा स्थायी घर भएका ५१ वर्षीय हरिदेव गिरीको नयाँबानेश्वरको आलोकनगरमा रहेको डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत मंगलबार राति १० बजे रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएका गिरीलाई उपचारका लागि तुरुन्तै सिभिल अस्पताल पुर्याइएपनि उनलाई अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

हाल उक्त घटनामा संलग्न भएको आशंकामा रेष्टुरेन्टका ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

बोगटीले भने, “उहाँको विषयमा अनुसन्धान जारी छ, उहाँको परिवारले जाहेरी दिएको छ, हामीले अनुसन्धानका लागि रेष्टुरेन्टका ४ जनालाई नियन्त्रणमा लिइएका छौँ । उहाँको पोष्ट मार्टम सकिएपछि घटनाबारे जानकारी हुन्छ ।”

नियन्त्रणमा लिइएका दुई जनालाई प्रहरीको सम्पर्कमा रहने गरी छाडिएको छ।

रेष्टुरेन्टका कर्मचारीले भने गिरी मंगलबार बिहानैदेखि मदिरा सेवन गरेर रेष्टुरेन्टमा बसेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *