शुक्रबार राति मेलम्चीको खाल्डे प्रहरी चौकीमा आक्रमण प्रयास, २ प्रहरी घाइते

डिसी नेपाल
२५ माघ २०७६ ८:२६

मेलम्ची । अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमणको प्रयास गरेका छन् ।

मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ जनाकाे समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारार्थ काठमाडौँ लगिएको र प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए ।

आक्रमणकारी मध्येका एक सुनखानीका सोम थिङलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साथै घटनाको थप अनुसन्धान भइरहेको निरीक्षक तामाङले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *