भरतपुरको एक फर्निचर उद्योगमा आगलागी

डिसी नेपाल
२५ माघ २०७६ १२:११

भरतपुर । भरतपुर महानगरपालिका–५ नारायणपुरमा जीवन श्रेष्ठले सञ्चालन गरेको रोयल फर्निचर उद्योगमा आगलागी भएको छ।

आज बिहान करिब ४ः३० बजे विद्युत् चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

बिहानदेखि लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए ।

आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसँगै भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, दियालो बङ्गला आँपटारी र कावासोतीको गरी पाँच वटा दमकलले काम गरिरहेको कोइरालाले जानकारी दिए ।

आगो नियन्त्रणमा आउन नसकेकाले क्षतिको विवरण आउन नसकेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *