आदर्श सासु–बुहारी सम्मानित

डिसी नेपाल
२६ माघ २०७६ ८:२३

कोहलपुर । सम्मान गर्ने र लिने आ आफै तरिका हुन्छन् । कोहलपुर–११ बसपार्क रोडमा अवस्थित वनवाटिका टोल सुधार समितिले कोहलपुर नगर क्षेत्रभित्र रहेका आदर्श सासु तथा बुहारीलाई सम्मान गरी नयाँ कार्यको शुरुआत गरेको छ।

समितिद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा आदर्श सासुमा कोहलपुर नगरपालिका–२ निवासी लक्ष्मी भुसाल र बुहारीमा वडा नं ११ की शीखा गौतम श्रेष्ठ सम्मानित भए ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उनीहरुलाई सम्मान गर्दै नगरभित्रका सबै सासु–बुहारी आदर्श बन्न सक्नुपर्ने बताए। सासुले बुहारीलाई छोरीकै रूपमा हेर्नुपर्ने र बुहारीले सासुलाई आमाको रूपमा स्वीकार्न गरेमा आदर्श परिवार निर्माण समस्या नहुने उनले चर्चा गरे ।

नगरपालिकाले हरेक वर्ष नगरपिता र नगरमाताका रूपमा दुई वृद्धवृद्धालाई सम्मान गर्दै आएको छ। जिल्लामै पहिलोपटक आदर्श सासु–बुहारी सम्मान गर्ने योजना अघि सारिएको टोल सुधार समितिका अध्यक्ष हरिप्रसाद पौडेलले जानकरी दिए ।

हात्तीपाइले रोगविरुद्धको औषधि खुुवाउने अभियान जारी

वाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान जारी छ । एक लाख ७३ हजार जनसङ्ख्यामध्ये एक लाख ४५ हजारलाई औषधि खुवाउने लक्ष्य राखिएको उपमहानगरपालिकाले जनाएको छ।

नगरभित्र ९४ बुथमा ११४ स्वास्थ्यकर्मी र २०१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएकोस्वास्थ्य शाखा प्रमुख डिल्ली पोखरेलले जानकारी दिए ।

बाँकेमा आगामी फागुन ५ गतेसम्म सो अभियान जारी रहने छ । नगर उपप्रमुख उमा थापामगर नेतृत्वको टोलीले नगरका विभिन्न बुथमा पुगेर अभियानको अनुगमन गर्दै सबैलाई औषधि सेवनका लागि आग्रहसमेत गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख थापामगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, वडाध्यक्ष सुनिलसिंह हमाल, बुद्धिसागर सुवेदीलगायतले औषधि सेवन गरेर अभियानको शुभारम्भ गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *